बालिकालाई ठक्कर दिएर कोशीका मन्त्रीको गाडी भाग्यो
काठमाडौं – कोशी प्रदेशका आर्थिक मामिला मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि हरिसिद्धिमा स्थानीयले बाटो अवरुद्ध गरेका छन् ।
कोशी प्रदेशका आर्थिक मामिला मन्त्री रामबहादुर मगरको गाडीले शनिबार बिहान बालिकालाई ठक्कर दिएको थियो । ललितपुरका एसपी चक्रराज जोशीका अनुसार बालिकाको अवस्था सामान्य छ ।
दुर्घटनापछि मन्त्रीले वास्ता नगरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । छलफल गरेर बाटो खुलाउने प्रयास भइरहेको एसपी जोशीले बताए ।
मन्त्रीको गाडी बालिकालाई ठक्कर दिएर भागेको थियो ।