भालुको आक्रमणबाट चर्चित गायिका घाइते
काठमाडौँ – एक चर्चित गायिकालाई बसिरहेको ठाउमा भालुले आक्रमण गर्दा गम्भीर घाइते भएकी छिन् । बिहीबार राति बसिरहेको ठाउमा भालुको आक्रमणबाट पाकिस्तानी गायीका कुर्रातुलाइन बलोच गम्भीर घाइते भएकी हुन्।
बीबीसी उर्दुका अनुसार आक्रमण गर्दा उनी गिलगिट-बाल्टिस्तानको प्रसिद्ध देओसाई राष्ट्रिय निकुञ्जमा आफ्नो टोलीसँग क्याम्पिङ गरिरहेकी थिइन्। गायिकालाई आक्रमण गर्ने भालुको तौल २०० किलोग्रामभन्दा बढी भएको घटनास्थलमा पुगेका बन्यजन्तु अधिकारीलेहरुले बताएका छन्।
उनी आफ्नो पालमा थिइन्, अचानक एउटा ठूलो हिमालयन खैरो भालु उनको पालमा पस्यो। जब उनी ठूलो स्वरमा चिच्याइन्, उनका कर्मचारी, वन्यजन्तु अधिकारीहरू र केही होटल कर्मचारी तुरुन्तै त्यहाँ पुगे।
त्यहाँ उपस्थित एक वन्यजन्तु अधिकारी र गिलगिट(बाल्टिस्तान सरकारले बीबीसी उर्दुलाई बताएअनुसार गायिकाको हातमा चोट लागेका छन्। वन्यजन्तु अधिकारीका अनुसार, भालु आक्रमण गरेपछि तुरुन्तै भाग्यो।