‘जेन जी’ पुस्ताको आन्दोलनमा रास्वपादेखि दुई प्रसाईंसम्मको घुसपैठ

सोमबार, २३ भाद्र २०८२

काठमाडौँ – ‘जेन जी’ पुस्ताको आन्दोलनमा रास्वपादेखि दुई प्रसाईंसम्मको घुसपैठले ठूलो मानविय क्षति भएको प्रहरीले जनाएको छ । काठमाडौँमा सोमबार भएको जेनजीको प्रदर्शनमा घुसपैठ भएको सुरक्षा प्रमुखहरूले गृहमन्त्री रमेश लेखकलाई व्रिफिङ गराएका छन्।

केहीबेरअघि भएको बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले गृहमन्त्रीसमक्ष ब्रिफिङ गरेका थिए। ‘जेनजीहरू फर्किसकेको अवस्थामा दलका कार्यकर्ताहरू प्रदर्शनमा आए’, बैठकमा गृहमन्त्रीलाई सुरक्षा प्रमुखहरूले भने, ‘दुर्गा प्रसाईं र राजावादीहरूको टोलीसँगै रास्वपाका कार्यकर्ताको घुसपैठ भएको पाइयो।’

प्रदर्शनका क्रममा १८ जना युवाको मृत्यु भएको छ भने ३ सय बढी घाइते भएका छन् । घाइतेको काठमाडौँ विभिन्न अस्पातालमा उपचार भइरहेको छ ।