आन्दोलनमा ज्यान गुमाएका ५ जनाको सनाखत

सोमबार, २३ भाद्र २०८२

काठमाडौँ — सोमबार जेन–जीहरूको आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ५ जनाको सनाखत भएको छ । काठमाडौंमा प्रदर्शनका क्रममा मृत्यु भएका १७ मध्ये ५ जनाको सनाखत भएको हो ।

ट्रमा सेन्टरका अनुसार ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, अन्दाजी २८ वर्षीय गौरव जोशी र अन्दाजी २८ वर्षकै स्टप अधिकारीको मृत्यु भएको छ ।

अन्य तीन जनाको भने सनाखत भएको छैन । ३ जनालाई मृत ल्याइएको र बाँकीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै प्रदर्शनका क्रममा इटहरीमा २ जनाको मृत्यु भएको छ ।