आन्दोलनलाई खुलेर समर्थन गरेका प्रचण्डसमेत जेनजी युवाको तारगेटमा

मंगलबार, २४ भाद्र २०८२

काठमाडौं –  आन्दोलनलाई खुलेर समर्थन गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत जेनजीको तारगेटमा परेका छन् ।  प्रचण्डको निवासमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।

ललितपुरको खुमलटारमा रहेको उनको निवासमा ढुंगामुढा भएको हो ।

ललितपुरका एसपी चक्र जोशीले दिएको जानकारीअनुसार अहिले प्रचण्ड निवासमा ढुंगामुढा भएको जानकारीपछि प्रहरीको टोली परिचालन गरिएको छ ।