आन्दोलनकारीले गरे मुख्यमन्त्री कार्यालय कब्जा
काठमाडौँ – जेनजी आन्दोलनकारीले मुख्य मन्त्रीको कार्यालय कब्जा गरेका छन् । आन्दोलनकारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय कब्जा गरेका हुन् । अहिले आन्दोलनकारीहरु मुख्यमन्त्रीको कार्यालयभित्र प्रवेश गरेर आन्दोलन गरिरहेका छन् ।
सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज पुन: देशभर प्रदर्शन चर्किएको छ । अहिले मुख्यमन्त्री कार्यालयभित्र जेनजी युवाहरू प्रवेश गरेका छन् ।
उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।