कामना सेवा विकास बैंकले ध्वस्त भएको मालपोत कार्यालय बनाइदिने
काठमाडौं—कामना सेवा विकास बैंकले ध्यस्त भएको मालपोत कार्यालय बनाइदिने भएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विराटनगरको मालपोत कार्यालय पुनःनिर्माण गरिदिने भएको हो ।
जेन जीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा जलेर नष्ट भएको कार्यालय मर्मत सम्भारका लागि मालपोत कार्यालय विराटनगरका मालपोत अधिकृत अजय राजवंशी र बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुषालबीच सम्झौता भएको छ ।
साथै, आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, पथरीका उपकरणसहितका सम्पूर्ण सामग्री जलेर नष्ट भएको र कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा, तत्काल आवश्यक कम्प्युटर बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुषालले इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी तुलसी प्रसाद अर्याललाई हस्तान्तरण गरे ।
सो अवसरमा डिएसपी अर्यालले कार्यालय सञ्चालनमा गम्भीर चुनौती खडा भएको अवस्थामा बैंकले उपलब्ध गराएको कम्प्युटरले अत्यन्तै ठूलो सहयोग पुगेको भन्दै आभार प्रकट गरे ।
त्यसैगरी, बैंकका प्रदेश प्रमुख भुषालले कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समुदायमुखी गतिविधि गर्दै आएको उल्लेख गर्दै, पथरीस्थित इलाका प्रहरी कार्यालयलाई सहयोग गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । उक्त हस्तान्तरण कार्यक्रममा प्रहरी अधिकृतहरु, बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
बैंकले अन्य स्थानका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयहरु पुनःनिर्माण तथा मर्मत सम्भार गर्नको लागि सहकार्य गर्ने समेत जनाएको छ ।