जेन जीहरुका लागि दुःखद खबर

आइतबार, २९ भाद्र २०८२

काठमाडौं—२८ घण्टामै सत्ता कब्जा गर्ने जेन जीहरुका लागि दुःखद खबर छ । उनीहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाना गर्न नपाउने भएका छन् ।

मतदान गर्न १८ बर्ष उमेर पुगेको हुनुपर्छ । आधा जसो जेन जीको उमेर पुगेको छैन भने उमेर पुगेका जेनजीहरुले पनि राजनीति डट्टी गेम भन्दै मतदाता नामावलीमा नाम लेखाएका छैनन् ।

निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली निर्माण तथा अद्यावधिक स्थगित हुने कानुनी व्यवस्था अनुसार शुक्रबार रातिदेखि मतदाना नामवली संकलन स्थगित भएको छ ।