एक युवाले बाटोमा भेटेको ५ लाख नगद प्रहरीलाई बुझाए

आइतबार, २९ भाद्र २०८२

काठमाडौं—चोरी र लुटपाटका समाचार आइरहेका बेलामा एक युवाले बाटोमा भेटेको ५ लाख नगद प्रहरीलाई बुझाएका छन् ।

ललितपुर महानगरपालिका ११ बस्ने ३७ वर्षीय सुरेश देउलाले आइतबार बिहान जिल्ला प्रहरी परिसर ललितपुर पुगेर पाँच लाख १० हजार ५ सय रुपैयाँ फिर्ता गरेका हुन्।

उक्त रकम बानेश्वरमा रहेको राष्ट्रिय बाणिज्य बैंकको हुनुपर्ने प्रहरीको अनुमान छ। प्रहरीले उक्त रकम राष्ट्रिय वाणिज्य बैंक ललितपुर शाखामा बुझाएको छ। भदौ २३ गते बानेश्वरस्थित बैंक शाखामा लुटपाट भएको थियो ।

भदौ २३ र २४ गतेको घटना पछि प्रहरीले लुटिएका, भेटिएका सामानहरू फिर्ता गर्न अनुरोध गरेको छ। कतिपयले फिर्ता समेत गरिरहेका छन्। फिर्ता नगर्नेहरूलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन्।