चाडपर्व लक्षित सहुलियत मुल्यपसल आजबाट सञ्चालनमा
काठमाडौं — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सहुलियत मुल्य पसल आजबाट सुरु गरेको छ ।
आज सोमबार काठमाडौंको थापाथलीबाट नेपालीहरुको महान चाडपर्वहरु वडादशैं, तिहार र छठपर्वका अवसरमा सहुलियतमुल्य पसल आजदेखि संचालनमा ल्याएको हो ।
उक्त पसलमा आवश्यक सबै खाद्यन्नको वस्तुहरु बाहिर भन्दा न्यून मूल्यमा विक्रि गर्ने गरिएको छ ।