अर्थमन्त्री रामेश्वर खनालले पहिलो दिनमै तानाशाही प्रवृत्ति देखाए
काठमाडौं—अर्थमन्त्री रामेश्वर खनालले पहिलो दिनमै तानाशाही प्रवृत्ति देखाएका छन् ।
सुविधादेखि सुरक्षाका लागि पिएसओसमेत नलिने घोषणा गरेका खनालले पहिलो दिनमै सेना लगाएर नागरिकलाई घोक्र्याएका छन् ।
पदभार ग्रहणको क्रममा खनालले पर्वतका शालिकराम शर्माले सोधेको प्रश्नको जवाफ दिन छोडेर सुरक्षाकर्मी लगाई अपमानित गर्दै मन्त्रालयबाट बाहिर निकालेका हुन् ।
शर्माले निवर्तमान अर्थमन्त्रीले ७ वटा जिल्लामा मात्रै बजेट पठाएको भन्दै ७७ वटै जिल्लामा बजेट पुर्याउने योजना के छ भनेर प्रश्न सोधेका थिए ।