हितन्द्रदेव शाक्यले राजीनामा दिने
काठमाडौं—कुलमान घिसिङलाई विस्थापित गरेर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका हितन्द्रदेव शाक्यले राजीनामा दिने भएका छन् ।
आफूले विस्थापित गरेका कुलमान उर्जामन्त्रीमा नियुक्त भएसँगै शाक्य राजीनामा दिन मुडमा पुगेका हुन् ।
कुलमानले पदभार ग्रहण गर्दै डेडिकेडेड र टंकलाइन विद्युत महशुल उठाउने पहिलो निर्णय गरेपछि शाक्य दवावमा परेका छन् ।
महशुल नउठाउने सर्तमा प्राधिकरण छिरेका शाक्य त्यही काम गर्नुपर्ने बाध्यताका कारण राजीनामा दिन लागेको खुलेको छ ।
सुशिला कार्की नेतृत्वको सरकारले घिसिङलाई मन्त्रीमा नियुक्त गरेको छ । विद्युत प्राधिकरण बाट निकालिएका कुलमान मन्त्रीमा नियुक्त भएका छन ।
ओली सरकारले प्राधिकरण बाट कुलमालाई निकालेर शाक्यलाई प्राधिकरणमा नियुक्त गरेको थियो। आज कुलमान घिसिङको पदभार ग्रहण हुँदै गर्दा हितेन्द्रदेब नगएको बुझिएको छ ।
मन्त्रालय र मातहतका कर्मचारीहरू पनि बाक्लो सङ्ख्यामा पुगेपनि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्य भने नगएका हुन ।