दिपक खड्काले बनाएको कार्यकक्ष तत्काल बन्द गर्न कुलमानको निर्णय

मंगलबार, ३१ भाद्र २०८२

काठमाडौं—उर्जामन्त्री कुलमान घिसिङले अर्को मनछुने निर्णय गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणमा कुलमानलाई तह लगाउन तत्कालिन उर्जामन्त्री दिपक खड्काले बनाएको कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

उनले प्राधिकरणलाई पत्र लेख्दै सो कार्यालय आवश्यक नभएको भन्दै आफै प्रयोग गर्न निर्देशन  दिएका हुन् । यसअघि निवर्तमान मन्त्री खड्काले प्राधिकरणमा संचालक समितिको अध्यक्षको लागि भन्दै कार्यालय खोलेका थिए ।