नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन कुलमान घिसिङको सुझाव
काठमाडौं—ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन सुझाव दिएका छन् ।
जेनजी पुस्ताको माग र समय बुझेर मार्ग प्रशस्त गर्न कुलमानले हितेन्द्रलाई सुझाव दिएका हुन् । मन्त्री घिसिङले सबैले आफ्नो विवेक प्रयोग गरेर आजको मागअनुसार बाटो खुला गर्नुपर्ने भन्दै त्यसपछि मात्र विकल्प सोचिने बताएका छन् ।
आन्दोलनका क्रममा शाक्यको पनि घर जलेको छ । जेनजी आन्दोलनअघि नै कोरिया गएका शाक्य बुधबार काठमाडौं फर्किएका छन् ।
साउनमा कार्यकाल सकिने कुलमानलाई हटाएर तत्कालीन सरकारले हितेन्द्रलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।