त्रिपालबाटै मुद्दा सुनुवाई, देशभर २३ वटा अदालतमा क्षति

बिहिबार, २ असोज २०८२

काठमाडौं — सर्वोच्च अदालतले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाई गरेको छ ।

बिहीबार सर्वोच्च अदालतको भवन बस्न लायक नभएपछि बाहिर त्रिपालबाटै भएपनि दुईवटाबन्दीहरुको मुद्दाको सुनुवाई गरिएको हो ।

गतभाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमाप्रदर्शनकारीहरुले सर्वोच्च अदालतमापनि तोडफोड सहित आगजनी गरेका थिए ।

सुनुवाईपछिसर्वोच्च अदालतका सहप्रवक्ता एंव उपरजिस्ट्रार निराजन पाण्डेले भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटका कारण सर्वोच्च अदालतको भौतिकसंरचना, आइटीका उपकरणहरु र सवारी साधनहरुमा निकै क्षतिभएको भन्दै क्षतिको तथ्यांक निकाल्ने कार्य अझै भइरहेको बताए ।

यस्तै, उनले भौतिक संरचना नभएको कारण न्यायिक कामलाई रोक्न नमिल्ने भनेर फुल कोर्टबाट बन्दीप्रत्यक्षिकरणको रिट निवेदनबाट न्याय सम्पादनका कामहरुलाई अगाडि बढाउने निर्णय भएको भन्दै सोही अनुसार पालबाट भएपनि काम अगाडि बढाएको बताए ।

उनले भने, ‘क्षति त भइहाल्यो तर न्यायिक कामलाई रोक्न मिल्दैन् । फुल कोर्टबाटएउटा के निर्णय भयो भने बन्दीप्रत्यक्षिकरणको रिट निवेदनबाट न्याय सम्पादनका कामहरुलाई अगाडि बढाउनैपर्छ भन्ने छ ।त्यो निर्णय अनुसार निवेदनदर्ता गरेर सुनुवाई प्रक्रिया अगाडि बढाएका हौं । पालबाटै भएपनि हामीले काम गरिरहेकाछौ ।’

साथै, हालसम्मदेशभर सर्वोच्च अदालत लगायत, विशेष अदालत, उच्च अदालत र जिल्ला अदालतहरु गरेर समग्रमा २३ वटा अदालतहरुमा क्षति भएको पनि उनले जानकारी दिएका छन् ।

नले भने, ‘अहिले देशभर सर्वोच्च अदालत लगायत विशेष अदालत, उच्चअदालत, जिल्ला अदालतहरु गरेर समग्रमा २३ वटा अदालतहरुमा क्षतिभएको छ । क्षतिभएको मध्यकेहीपूर्ण रुपमाक्षतिग्रस्त छ भने केहीमा सामान्य रुपमा क्षतिभएको छ । पूर्ण रुपमा क्षतिभएका अदालतको मुद्दा सबै जलेका छन् भने सामान्य क्षतिभएका अदालतहरुका केही फाइलहरु बाँकीनै छन् । यसको तथ्यांक संकलन गर्ने क्रममा छौ ।’