सहिद जेनजीकी श्रीमतीलाई रोजगारी र परिवारलाई १ लाख र खाद्यान्न दिने घोषणा, छोरीलाई निशुल्क पढाइने

शुक्रबार, ३ असोज २०८२

काठमाडौं—एक नगरपालिकाका मेयरले जेनजी सहिदकी श्रीमतीलाई रोजगारी दिने घोषणा गरेका छन् ।

सिराहको लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका विजय चौधरीको श्रीमतीलाई रोजगारी दिने घोषणा गरेका हुन् ।

मेयर चौधरीले लहान १५ का २७ वर्षीय चौधरीको सम्मान तथा परिवारलाई सहज होस् भनेर खाद्यान्न सामाग्रीसहित एक लाख रुपैयाँसमेत सहयोग गर्ने भएका छन् ।

साथै, मृतक चौधरीकी ४ वर्षीया छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने बताएका छन् ।

चौधरीको भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गएको थियो । श्रीमती र छोरीसहित काठमाडौँमा डेरा गरी बस्दै आएका चौधरी हाउसवायरिङको काम गर्थे ।