सञ्चारमन्त्री खरेलको पहिलो निर्णय : देशका प्रमुख सहरमा फ्रि–वाईफाईको व्यवस्था गरिने

सोमबार, ६ असोज २०८२

काठमाडौं— नवनियुक्त संचार मन्त्री जगदिश खरेलले प्रमुख सहरमा फ्रि–वाईफाईको व्यवस्था गर्ने निर्णय गरेका छन् ।

पदभार ग्रहण गर्दै मन्त्री खरेलले देशका प्रमुख सहरहरुमा पाँच महिनाभित्र फ्रि वाईफाई बिस्तार गर्ने निर्णय गरेका हुन् । उक्त निर्णय नेपाल दूरसञ्चार प्राधिकरणमार्फत कार्यान्वयनमा ल्याइने उनको भनाई छ ।

काठमाडौंमा दुई महिनाभित्र र सातै प्रदेशका राजधानी र ठूला सहरका सार्वजनिक स्थानमा क्रमैसँग उक्त सुविधाको व्यवस्था गरिने बताइएको छ ।