एनआईसी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेनमा १० प्रतिशत छुट

मंगलबार, ७ असोज २०८२

काठमाडौँ – एनआईसी एशिया बैंकका ग्राहकले नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्ट विशेष छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले बर्दघाट, नवलपरासीमा रहेको रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्ने भएका हुन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाले बताएका छन् । उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।