उर्जामन्त्री कुलमान घिसिङमाथि अमेरिकी सेना भित्र्याउने तयारी गरिरहेको दुर्गा दुर्गा प्रसाईको आरोप

मंगलबार, ७ असोज २०८२

काठमाडौं— राजावादी अभियन्ता दुर्गा प्रसाईंले उर्जामन्त्री कुलमान घिसिङमाथि अमेरिकी सेना भित्र्याउने तयारी गरिरहेको आरोप लगाएका छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले एमसिसीदेखि एमसिएसम्मका परियोजना घिसिङकै कारण नेपाल भित्रिएको दाबी गरे। ‘एमसिसी ल्याउने कुलमान घिसिङ, त्यसको वकालत गर्ने कुलमान घिसिङ, अब एमसिए नेपाल भन्दै अमेरिकी सेना ल्याउने पनि उनी नै हुन्,’ प्रसाईंले भने, ‘छिट्टै अमेरिकन सेना नेपाल आउँदै छ।’

प्रसाईंले कुलमानसँगै स्वर्णिम वाग्लेलगायतलाई पनि एमसिसीको पक्षपोषण गरेको आरोप लगाए।