सुदन गुरुङमाथि दोश्रो पटक आक्रमण प्रयास

मंगलबार, ७ असोज २०८२

काठमाडौं— सुदन गुरुङमाथि दोश्रो पटक आक्रमण प्रयास भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर सिंहदरबारदेखि घर फर्किने क्रममा गुरुङमाथि आइतबार बेलुका दोश्रो पटक आक्रमण प्रयास भएको हो । जेनजी आन्दोलनको नेतृत्व गरेदेखि सुदनमाथि सुरक्षा थ्रेर्ड बढेको छ ।

उनलाई नेकपा एमाले नेता महेश बस्नेतको समूहले फ्लो गर्दै धम्क्याइरहेको छ । गुरुङले अरुलाई धम्काएजस्तो आफूलाई नसोच्न चेतावनी दिदै उल्टै सुरक्षा रहन सुझाव दिएका छन् ।

‘मेरो जति पनि फ्यान फलोइङ छ नि, सिंहदरबारदेखि घरसम्म मलाई फलो गर्ने। कहिले कता फलो गर्ने। बरु आउनूस्, म तपाईंलाई राम्रो फोटो खिचेर सिग्नेचर पनि गरिदिन्छु। अरुलाई धम्काएजस्तो सोच्नुहोला। मलाई धम्क्याउन गाह्रो छ। तपाईंहरूकै सुरक्षाका लागि भनिरहेको छु– मलाई फलो गर्ने काम नगर्नुहोला। जति जना तपाईंले ट्राई गरिरहनुभएको छ। मेरो देश र मेरो बीचमा आउन खोज्नुभयो भने तपाईंहरूलाई गाह्रो पर्छ।’ उनले भिडियोमा भनेका छन् ।