पार्टीका शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी

बिहिबार, ९ असोज २०८२

काठमाडौं— सरकारले ओली, देउवा, प्रचण्डसहित रमेश लेखकको पासवर्ड रोक्का गर्ने भएको छ ।

भदौ २३ र २४ गते जेन्जी आन्दोलनमा भएको दमन र भ्रष्टाचारलगायत घटनाहरूको अनुसन्धान गर्न उनीहरूको राहदानी रोक्का गर्न लागिएको हो ।

खासगरी निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एवम् नेपाली कांग्रेका नेता रमेश लेखकमाथि सरकारले उच्च निगरानी गरिरहेको छ ।