कुलमान घिसिङले भ्रष्टाचार रोक्न कडा कदम चाले

बिहिबार, ९ असोज २०८२

काठमाडौं— कुलमान घिसिङले भ्रष्टाचार रोक्न कडा कदम चालेका छन् ।

आफू मातहतका ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको ढिलासुस्ती, मोलमोलाई र भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि हटलाइन सेवा सञ्चालनमा ल्याइएका छन् ।

सेवाग्राहीलाई काम पन्छाउने, घुसरिसवत माग्ने, अनावश्यक दुःख दिने, अपमानजनक व्यवहार गर्ने गतिविधि भएमा सेवाग्राहीले प्रत्यक्ष गुनासो दिन सक्ने व्यवस्था मिलाइएको छ ।

ऊर्जाको गुनासो ११५१ मा राख्न सकिने छ भने सहरी विकासको गुनासोका ०१–४२०००१ र भौतिक पूर्वाधार मन्त्रालयको गुनासोका लागि ०१–४२११७२ टेलिफोनमार्फत गर्न सकिने छ । साथै, तीनवटै मन्त्रालयमा गुनासो गर्न gunaso.minister@gmail.comमा इमेल पठाउन सकिनेछ ।