दशैंमा घर जाने यात्रुलाई नि:शुल्क बससेवा

शुक्रबार, १० असोज २०८२

काठमाडौँ – एक स्थानीय तहले काठमाडौँमा बसोबास गर्ने आफ्ना नागरिकलाई निशुल्क गाउँ पुर्यादिने भएको छ ।

धादिङको गजुरी गाउँपालिकाले दशैँलाई मध्यनजर गर्दै निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ। पालिकाले असोज ११ र १२ गते दुईटा र १३ गते एउटा बसको व्यवस्था गरेको छ ।

बसहरू स्युचाटार पुल, वाफलबाट छुट्नेछन् भने वेल्खुदेखि मलेखुसम्म पुग्ने छन् । यातायात सेवा लिनका लागि यात्रुले आफ्नो सक्कल नागरिकता, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने परिचयपत्र अनिवार्य साथमा लैजानुपर्ने छ। गाउँ जान चाहने इच्छुक महानुभावले अध्यक्षका स्वकीय सचिव सुमन लो तामाङलाई ९८६९३५१३४५ मा सम्पर्क गर्न सकिन्छ।

यातायात सेवा लिनका लागि यात्रुले आफ्नो सक्कल नागरिकता, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने परिचयपत्र अनिवार्य साथमा लैजानुपर्ने सूचनामा उल्लेख छ।

गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले सबै इच्छुक यात्रुहरूले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्न आग्रह गर्दै सेवा उपलब्ध गराइएको जानकारी दिएका छन्।