प्रचण्डले खोलेका समपूर्ण भ्रष्टाचारका फायलहरु फेरी खुल्ने
काठमाडौँ – प्रचण्डले खोलेर केपि ओलीले बन्द गरेका भ्रष्टाचारका समपूर्ण फायलहरु खुल्ने भएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार, अनियमितता तथा विभिन्न काण्डले परिचित केही प्रकरणमाथि अनुसन्धान गर्न मातहतका निकायलाई निर्देशन दिएपछि अब कोही नबच्ने भएका छन् । गृहमन्त्री अर्यालले नक्कली भुटानी शरणार्थी, यति, ओम्नी, वाइडबढी, पोखर र भैरहवा विमानस्थल, बुढीगण्डकी लगायतका फायल खोलेर ब्रेक थ्रु गर्न सिआइबीलाई निर्देशन दिएका हुन् ।
‘यो सरकार सुशासन कायम राख्न बनेको हो । सुशासन कायम राखेर ६ महिनाभित्र चुनाव गराउनु छ,’ उनले भने, ‘भ्रष्टाचार र अनियमितताका विषयमा अनुसन्धान गरेर सरकारले ‘ब्रेक थ्रु’ गर्नेछ ।’
नक्कली भुटानी शरणार्थीसहितका चर्चित काण्डको अनुसन्धान हुन्छ रु भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘एउटै घटनामा केन्द्रित हुने भन्ने कुरा होइन । सुशासन कायम राख्न सरकारले सबै प्रकरणमाथि अनुसन्धान गर्छ ।’
राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारका फाइलहरू अनुसन्धान हुने बताएका उनले भने, ‘‘सबै फाइलको ‘ब्रेक थ्रु’ हुन्छ । कतिपय ठाउँबाट राजनीतिक कनेक्सनका आधारमा जे कुरा रोकिएका थिए । त्यो हुँदैन अब । यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन। शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र सुरक्षा दिन पनि सकिँदैन ।’