सुदन गुरुङले दोश्रो पटक जोगाइदिए एमाले अध्यक्ष ओलीको ज्यान
काठमाडौँ – जनेजीहरुको नेता सुदन गुरुङले केपी शर्मा ओलीको ज्यान जोगाइदिएका छन् । जेनजी युवाहरुले गुन्डुस्थित ओलीको निवास घेराउ गर्न जानुपर्ने भन्दै प्रचार गरेपछि उनले फेसबुकमार्फत त्यस्तो नगर्न अपिल गरेपछि ठूलो दुर्घटना टरेको छ । शनिबार गुन्डुस्थित ओली निवासमा राष्ट्रिय युवा संंघले दसैँ भेटघाट कार्यक्रममा राखेको थियो ।
अघिल्लो दिन युवाहरुले ओलीलाई लक्षित गर्दै हमला गर्न उक्साएका थिए ।कतिपयले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवास घेराउ गर्न जानुपर्ने भन्दै प्रचार गरेपछि उनले फेसबुकमार्फत त्यस्तो गर्न नहुनेमा अपिल गरेका हुन्।
‘मलाई थाहा छ अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ,’ गुरुङले लेखेका छन्, ‘तर हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन।’
शनिबार गुन्डुस्थित आफ्नो निवासमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संंघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा ओलीले पनि समाजिक सञ्जालमा आफ्नो घरलाई लक्षित गरेर हमला गर्न जाउ भनिएको भन्दै सुरक्षाबारे सरकारसँग जवाफ मागेका थिए।
‘अहिले तपाईंहरुले हेर्नुभएको होला,’ उनको भनाइ छ, ‘सामाजिक सञ्जालमा केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर यहाँबाट यति मिनेटमा पैदल पुगिन्छ, यति मिनेटमा गाडीमा पुगिन्छ, सबै हमला गर्न जाऔँ, घर तोकिएको छ।
गुरुङले यस्ता कार्यहरूले देशलाई अझै ठूलो क्षति पुर्याउने र सकारात्मक परिवर्तन पनि ओझेलमा पर्ने उल्लेख गरेका छन्। ‘यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठूलो क्षति पुर्याउन सक्छ र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन्,’ उनले भनेका छन्।