गृहमन्त्रीको निर्देशनपछि धमाधम छुट्दै जेनजी आन्दोलनकारी
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालतसहितका सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्नेहरूलाई पक्राउ नगर्न गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दबाब दिएको खुलेको छ।
प्रहरीले तोडफोड र लुटपाटमा संलग्न एक सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरेपछि गृह मन्त्रालयले अनुसन्धान आयोग बनेकाले त्यसकै आधारमा कारबाही गर्नुपर्ने भन्दै निर्देशन दिएको हो। यसै कारण केही पक्राउ परेका आन्दोलनकारी छुटिसकेको प्रहरी स्रोतको दाबी छ
आन्दोलनकै क्रममा प्रहरीको हतियार लुट्ने, बर्दी लगाएर घुम्ने र कार्यालयमा आगजनी गर्ने व्यक्तिहरूका फोटो तथा भिडियो प्रशस्तै भए पनि प्रहरीलाई नियन्त्रण कार्यमा रोक लगाइएको आरोप छ।
प्रहरी वृत्त महाराजगञ्जमा एक प्रहरी जवानको हत्या प्रकरणमा संलग्न भने पक्राउ गरिएको जनाएको छ।