काठमाडौंमा खानेपानीको हाहाँकार

शुक्रबार, २१ कार्तिक २०८२

काठमाडौं—काठमाडौंमा खानेपानीको हाहाँकार मच्चिने भएको छ ।

मेलम्चीका बाढीपीडितहरुले काठमाडौं आउने खानेपानीको मुहान बन्द गरेपछि काठमाडौंमा पानीको समस्या देखिएको हो ।

तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले मुहान बन्द गरेका हुन् ।

सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।