एमसीसीमार्फत नेपाल छिरेको अमेरिका भ्यागुता लिएर अस्ट्रेलिया पुग्यो
काठमाडौं— एमसीसीमार्फत नेपाल छिरेको अमेरिका भ्यागुता लिएर अस्ट्रेलिया पुगेको छ ।
अरु देश आर्थिक, समाजिक र राजनीतिक रुपमा उदायको हेर्न नचाहने अमेरिकाले अस्ट्रेलियाको जैविक संकट निम्त्याउन ‘केन टोड’ प्रजातिको भ्यागुत्तालाई पठाएको छ ।
कर्टिन विश्वविद्यालयकी अणुशास्त्र र जीवविज्ञानकी अनुसन्धानकर्ता डा. जुडी डनलपले अमेरिकाले अस्ट्रेलियालाई आफ्नो उपनिवेश बनाउन भ्यागुत्तामार्फत रणनीतिक चाल चालेको प्रमाणित गरेपछि विश्व तरङ्गीत भएको छ ।
लामो खोज अनुसन्धानपछि अस्ट्रेलियन वैज्ञानिक र अनुसन्धानकर्ताहरूले भ्यागुता प्रजाति ‘केन टोड’ लाई जैविक सन्तुलनमा ठूलो संकटको रूपमा चित्रित त गरेका छन् नै, केनटोडका कारण अबको अवस्था निकै भयावह देखिएको भन्दै गहिरो चिन्ता पनि व्यक्त गरेका छन्।
‘केनहरू अहिले डर्बी र ब्रुमनजिक देखिएका छन्। विस्तारै पिलबारातर्फ फैलिरहेका छन्’ कर्टिन विश्वविद्यालयकी अणुशास्त्र र जीवविज्ञानकी अनुसन्धानकर्ता डा.जुडी डनलप भन्छिन्, ‘यो क्षेत्रलाई उनीहरू आफ्नो उपनिवेश बनाउन खोजिरहेका छन्।’
उनका अनुसार, स्थानीय प्रजातिका करिब ९० प्रतिशत बासस्थान विषालु केनले ओगट्ने खतरा छ। यसले त्यहाँ पाइने २५ वटा हड्डी भएका प्रजातिहरूमा घातक प्रभाव पार्ने र संख्यामा कमी ल्याउने अनुमान गरिएको छ।
डर्बी र ब्रुम पश्चिमी अस्ट्रेलियाका समुद्री किनारका मानव बस्ती हुन्। ब्रुम मोती उद्योगका लागि प्रसिद्ध छ भने डर्बी एक प्रमुख बन्दरगाह र व्यापारिक केन्द्र हो। खनिज स्रोतका लागि महत्वपूर्ण पिलबारा क्षेत्र डर्बी र ब्रुमबाट करिब ९ सय ८५ किलोमिटर टाढा छ। डा. डनलपले अनुसन्धान प्रतिवेदनमा पिलबारातर्फ केनको बढ्दो उपस्थितिलाई चिन्ताजनक भनेकी छिन्।
कुनै बेला ऊखुबालीमा लाग्ने भुसुना किरा नियन्त्रण गर्न अमेरिकाबाट हवाई मार्गमार्फत केनहरू ल्याइएका थिए। तीनै केनहरू अहिले अस्ट्रेलियाको जैविक सन्तुलन बिगार्ने संकटको रूपमा देखिएका छन्। प्रारम्भमा वैज्ञानिकहरूले सोचेका थिए कि केनले केवल किरा खाइदिन्छन्, तर उल्टो भयो। यी भ्यागुताहरू अब खेतबारी, जंगल र मानव बस्तीतिर फैलिरहेका छन्।
पश्चिमी अस्ट्रेलियाको विश्वविद्यालयको अनुसन्धानले देखाएको छ कि, केनको आक्रमणले ५ स्तनधारी र ४ घस्रिने प्रजाति उच्च खतराको सामना गर्दै छन्। यसले पिलबाराका आदिवासी समुदायका परम्परागत खाद्य स्रोत र जीवनशैलीमा पनि प्रभाव पार्ने छ।
वैज्ञानिकहरूले आक्रमणकारी भ्यागुता नियन्त्रण गरी अस्टे«लियाको जैविक विविधता र मानव सस्कृति संरक्षणका उपाय अपनाउन सरकारलाई सुझाव दिएका छन्। पश्चिमी अस्ट्रेलियाको विश्व विद्यालय जैविक विविधता, संरक्षण र आकर्षण विभाग (डीबीसीए)को आर्थिक सहयोगमा डा.जुडीसहित विभिन्न सोधकर्ताहरूले गरेको अनुसन्धान प्रतिवेदनले ५ स्तनधारी र चार घस्रिने प्रजाति उच्च खतरामा पर्ने उल्लेख गरेका छन्।
यस्तो प्रजातिका भ्यागुताले पुर्याउने क्षतिका कारण पिलबाराका आदिवासीहरू समेत संकटमा पर्ने खतरा देखिएको छ। संक्रमणले त्यहाँ सस्कृति र परम्परामा नराम्रो प्रभाव पार्नुका साथै उद्योग र खानीमा समेत आर्थिक प्रभाव पार्नेछ। ‘यस्तो अवस्थामा पनि कुनै नियन्त्रणका उपाय अपनाइएन भने वातावरणीय सँगै आर्थिक क्षति उच्च हुने छ,’ वैज्ञानिक जुडीले अनुसन्धान प्रतिवेदनमा भनेकी छन्। यो सामान्य जैविक समस्या मात्रै होइन। पिलबारा क्षेत्र आदिवासी समुदायका लागि सांस्कृतिक महत्वको विशाल खानी हो। जहाँ गोन्ना, निलो–जिब्रो स्किङ र भ्यागुता खाने सर्प जस्ता जनावर परम्परागत भोजन र जीवनशैलीसँग गहिरो सम्बन्ध राख्छन्।