सेन्टजेभियर कन्सल्टेन्सीले ल्यायो विद्यार्थीहरुका लागि गज्जवको अफर (भिडियो सहित)
काठमाडौं – काठमाडौंको बानेश्वरमा रहेको सेन्टजेभियर एजुकेशन कन्सल्टेन्सी १३ औं बर्षमा प्रबेश गरेको छ । १२ बर्ष अघि स्थापना भएको उक्त कन्सल्टेन्सीले नेपालमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नेपालका कलेजहरुमा भर्नाका लागि परामर्श दिदै आएको छ भने विदेशमा अध्ययनको लागि जान चाहने विद्याथीहरुका लागि विभिन्न खालका सेवा सुविधाहरु उपलव्ध गराउँदै आएको छ ।
विगत लामो समयदेखि विज्ञान तथा व्यवस्थापन संकाय अध्ययनका लागि तयारी कक्षा संचालन गर्दै आएको सेन्टजेभियरले विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई विभिन्न खालका तयारी कक्षाका साथै विदेशमा चलेका विश्वविद्यालय तथा कलेजमा विद्यार्थीलाई पठाउँदै आएको छ । अस्ट्रेलिया, न्युविल्याण्ड, अमेरिका, यूरोपका विभिन्न देशहरु तथा वेलायतमा पनि नेपाली विद्यार्थीहरुलाई अध्ययनका लागि पठाउँदै आएको छ । विगत देखि नेपाली विद्यार्थीहरुका लागि पुलको रुपमा काम गर्दै आएको उक्त कन्सल्टेन्सीले आएल्स, टोफल लगायतका तयारी कक्षाहरु पनि संचालन गर्दै आएको छ ।
साथै उक्त कन्सल्टेन्सीले आफ्नो १३ औं बार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुका लागि विभिन्न खालका अफरहरु ल्याएको छ । सेन्टजेभियर कन्सल्टेन्सीले आफ्नो बार्षिकोत्सवको अवसरमा विभिन्न खालका तयारी कक्षामा ७५ प्रतिशतसम्म छुटको ब्यबस्था गरेको छ भने विदेश अध्ययनका लागि जान चाहने विद्याथीहरुलाई प्रोसेसिङ चार्ज सबै निःशुल्क गरेको जनाएको छ । कन्सल्टेन्सीका अध्यक्ष दिपक कोइरालाले विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीहरुका लागि तयारी कक्षामा ७५ प्रतिशत छुटमा कक्षा संचालन गरेको तथा प्रोसेसिङ गर्ने विद्याथीहरुलाई सेवासुल्न नलिने बताए । यी सेवा सुविधा लिनका लागि बानेश्वरमा रहेको सेन्टजेभियर एजुकेशन कन्सल्टेन्सीको कार्यलयमा सम्पर्क गर्न सकिने छ । थप जानकारीका लागि तलको भिडियो हेर्नुहोस ।