आज किन काट्दैछ राजधानीमा फेरी पनि बिजुली
काठमाडौँ -नेपाल विद्युत् प्राधिकरणले आज पनि राजधानी काठमाडौंका विभिन्न स्थानमा विद्युत् लाइन काट्ने भएको छ ।महाराजगंज वितरण केनद्रको ओम फिडरबाट वितरीत लाइन चक्रपथ विस्तार कार्यको लागी नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि आज दिउँसो १२ बजेबाट २ बजेसम्म काटिने भएको हो ।प्राधिकरणका अनुसार उक्त लाइन सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत सुकेधारा, न्युकोलोनी, ढलाने पुल, निलो पुल लगायतका क्षेत्रहरुका लाइन काटिनेछ ।प्राधिकरणले ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमायाचना गरेको छ । रुख काटने काम तोकिएको समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ ।