कुशलले लिए पहिलो विकेट

आइतबार, २६ माघ २०७६

काठमाडौँ-आइसिसी लिग(२) अन्तर्गत ओमानविरूद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिलो विकेट सफलता हात पारेको छ। नेपालका लागि कुशल मल्लले विकेट लिएका हुन्। उनले २३ रन बनाएका जतिनद्र सिंहलाई बोल्ड गरे। योसँगै ओमानको ४९ रनको साझेदारी समेत तोडिएको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४९ रन बनायो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए। यस्तै पारस खड्काले ३८, बिनोद भण्डारीले ३५ र कुशल मल्ल र आरिफ शेखले समान २८ रन जोडे। सुवास खकुरेलले २२ जोड्दा करण केसी र सन्दीप लामिछाने पनि समान १० रन बनाए। आजकै खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेका करणसिंह ऐरीले पनि नटआउट ६ रन बनाए। यसअघि ओमानसँगको पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो। त्यसैले पनि नेपाललाई आज ओमानसँग बदला लिने अवसर छ।शनिबार अमेरिकासँग भएको खेलमा भने नेपाल विजयी भएको थियो।