जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा

आइतबार, २६ माघ २०७६

काठमाडौँ – जनयुद्ध दिवसको अवसर पारेर कालिकोट जिल्लाको पलाँता गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा दिने भएको छ । २५ औं जनयुद्ध दिवसको सन्दर्भ पारेर पलाँतामा सार्वजनिक बिदा दिन लागिएको हो ।

जनयुद्धका सहिदहरुको सम्झनामा गाउँपालिकाले गत वर्षदेखि निरा स्मृति कप सञ्चालन गर्दै आएको छ। उक्त कपमा गाउँपालिका भित्रका माध्यामिक विद्यालयका बीचमा फूटबल प्रतिस्पर्धा गराईने गरिएको छ। कपमा छात्रा र छात्रहरुका टिमहरुबीच छुट्टाछुट्टै भलिबल प्रतिस्पर्धा गराइने छ।

फागुन एक गतेबाट पलाँता गाउँपालिकाले सार्वजनिक यातायात सञ्चालन गर्दैछ। त्यसैगरी आगलागी पछि पुनर्निर्माण गरिएको खाडाको बस्ती हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।