हावाले नै विमान उडाएपछि बन्यो नयाँ रेकर्ड

सोमबार, २७ माघ २०७६

काठमाडौं – अमेरिकाको न्युयोर्कबाट लण्डनका लागि उडेको एउटा विमान निर्धारित समय भन्दा अगाडि नै पुगेर नयाँ कीर्तिमान कायम भएको छ।

बोइंग 747–436 नामको ब्रिटिस एयरवेजको जेट विमान निर्धारित समय भन्दा ८० मिनेट अगाडि पुगेको बीबीसीले जनाएको छ ।

न्युयोर्कबाट लण्डन पुग्न औषतमा ६ घण्टा १३ मिनेटको समय लाग्ने बताइन्छ । तर ठूलो बतासका कारण उक्त विमान ४ घण्टा ५६ मिनेटमानै पुगेको हो ।

यसअघि सन् २०१८ को जनवरीमा नर्वेजियन विमान ५ घण्टा १३ सेकेण्डमा पुगेर रेकर्ड बनाएको थियो ।