सुनको भाउ बढ्यो

मंगलबार, २८ माघ २०७६

काठमाण्डौ – सुनको भाउ मङ्गलबार तोलामा एक सय रुपैयाँले घटेको छ ।सुन मङ्गलबार तोलाको ७५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार र गएको आइतबार तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार तोलामा सय रुपैयाँले घटेको हो ।चाँदी भने गएको आइतबारदेखि नै तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसैबीच लगनको समय भएकाले सुनको कारोबार बढ्दै गएको व्यवसायीले बताएका छन् । पुस महिनामा दैनिक मुश्किलले झण्डै १० किलो सुन कारोबार हुने गरेकोमा अहिले माग बढेर दैनिक २० किलोसम्म पुगेको महासङ्घले जनाएको छ ।फागुनमा विवाहको लगन भएकाले पनि कारोबार बढेको महासङ्घको भनाइ छ ।