भरतपुर कारागारमा कैदीको मृत्यु

मंगलबार, २८ माघ २०७६

काठमाडौँ -भरतपुर कारागरका एक कैदीको मृत्यु भएको छ। भारत सिदार्थनगरका ६२ वर्षीय जफर अहमद्को मृत्यु भएको कारागार प्रमुख कमल प्रसाद काफ्लेले जानकारी दिए।

क्यान्सर पीडित जफरको मंगलबार राति साढे १२ बजे मृत्यु भएको हो। उनलाई उपाचारका लागि काठमाडौंबाट भरतपुर ल्याइएको थियो। मानव बेचबिखनको आरोपमा १० वर्ष कैद र पाँच लाख सजाय तोकिएको थियो।