वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ८ लाख ठगी गर्ने पक्राउ

मंगलबार, २८ माघ २०७६

काठमाडौँ- ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ ।वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको उनले जानकारी दिए ।पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीको आधारमा पक्राउ गरिएको र थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए ।