मन्त्रीको टोली गर्भादरबारमा
कैलाली– कैलालीको चुरेगाउँपालिका ४ मा रहेको पौराणीक ऐतिहासिक गर्भादरबारमा पुरातत्व विभाग काठमान्डौंको एक टोली पुगेको छ । सुदूरपश्चिम प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री तथा कैलाली निर्वाचन क्षेत्र ४ ख बाट निर्वाचित दीर्घ सोडारीको पहलमा विभागको टोली गर्भादरबार पुुगेको हो ।
प्रदेशको पौराणीक कालमा बनेको दरबारको खोज अनुसन्धान तथा पुनःनिर्माणको लागि सम्भाव्यता अध्यन गर्न टोली गर्भा पुगेको हो । एक सय बर्ष पुरानो दरबारको पौराणीक तथा पुरातात्वीक बस्तुको उत्खन्न तथा दरबारको पुर्नः निर्माणको लागि पुरातात्वीक विभाग टोली गर्भा पुगेको विभागकी प्रतिनिधि सविता न्यौपानेले जानकारी दिईन् ।
राणाकालिन दरबारको संरक्षण तथा सम्बद्र्धनले नेपालको पर्यटकीय क्षेत्रमा ठुलो टेवा पुग्ने भन्दै दरबारको संरक्षण आफु लागेको पुर्व मन्त्री सोडारीले बताए । उनले भने ‘सुदूरपश्चिम प्रदेशको पौराणीक कलामा निर्माणमा भएको दरबार पुनःमर्मत गर्न जरुरी छ, सोही शैलीमा सरकारले अब छिट्टै पुनः निर्माणको कार्य शुरु हुन्छ । यसअघि प्रदेश सरकारले बजेट विनियोजन गरेपनि खर्च हुन सकेको थिए ।
अब पुरातत्व विभागको प्रतिवेदन पश्चा काम शुरु हुन्छ । यस्तै टोलीमा संविधान सभा सदस्य गरिमा शाह, सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कल रावल, महेशदत्त जोशी, कृष्ण चौधरी, चुरे गाउँपालिका अध्यक्ष धन बहादुर रोक्का गर्भा पुगेका थिए ।
कैलाली निर्वाक्षेत्र ४ ख अन्र्तगत पर्ने सो दरबारको बेग्लै ऐतिहासिक महत्व छ । राणा शासनकालमा निकै चहल –पहल रहने गरेको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो । खड्क सम्शेरका छोरा बहादुर शम्सेरपछि गर्भा दरवार बहादुर शम्सेरका साहिँला छोरा तेजप्रकाश सम्शेर जबराको भागमा परेको स्थानीय जानकार बताउँछन् । राणाशासनको अन्त्यपछि पनि शाशकहरु बसेका उक्त दरबारमा २०३३ सालपछि भने कोही पनि बास नबसेको बताइन्छ ।
खैराला हावापानी, मौसम र भौगोलिक रुपमा अत्यन्त उपयुक्त भएकाले राणा शासकहरूले गर्भालाई रोजेको हुनसक्ने बुझाई स्थानीय बासिन्दाको छ । मास पिसेर त्यसबाट चुनाई गरिएको गर्भा दरबारमा ८३ झ्याल, ५३ ढोका छन् । १० रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तीन खण्ड र तीन तले छ । सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुईतले सुरुङ समेत बनाइएको छ । जो अहिले पुरिँदै गएको छ । राणा शासकहरू खैरालाको दरबारबाट बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको इतिहास खैरालाका बुढापाका बताउँछन् ।