टयाक्टर दुर्घटना हुदाँ चारजनाको मृत्यु, आठ घाइते

बुधबार, २९ माघ २०७६

काठमाडौँ –पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका–३ छरछरेमा ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा आठजना घाइते भएका छन्। छरछरेबाट बुलिङ्गटार जाने क्रममा लु ४ च २५५६ नम्बरको ट्रयाक्टर मंगलबार बेलुकी दुर्घटनामा परेको हो।

इलाका प्रहरी कार्यालय बुलिङ्गटारका अनुसार मृत्यु हुनेमा स्थानीय २२ वर्षीय नरबहादुर मगर, ५९ वर्षीय यानसिंह सारु मगर, ४० वर्षीय कुलबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारु मगर रहेका छन्। पाँचजना सकुशल रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि चितवन पठाइएको छ। अनियन्त्रित भएर ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।