गोदाममा आगलागी
काठमाडौं- काठमाडौंको टेकुमा एक मार्बल तथा स्यानीटरी सामग्रीको गोदाममा आज(बुधबार) बिहान आगलागी भएको छ ।महानगरपालिकाको वडा नम्बर १२ टेकुस्थित प्रशन्नरत्न ताम्राकारको घरमा रहेको सञ्जिव गोयलको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
करिब दुई घण्टामा पाँच वटा दमकल र स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । विधुत सट भएर आगो लागेको हुनसक्ने अनुमान गरेपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।