हराएको १३ तोला सुन फिर्ता गर्ने ट्याक्सी चालकलाई सिक्री उपहार

बुधबार, २९ माघ २०७६

काठमाडौँ- चालक नबिन सिग्देलले आफ्नो ट्याक्सीमा छुटेको १३ तोला सुन फीर्ता गरेका छन् । उनले सुनसहित ल्यापटप, अन्य कागजात र लत्ताकपडा सम्बन्धित धनीलाई नै फीर्ता गरदिर्एका हुन् ।

लाजिम्पाटबाट थापाथली जाँदा लक्की रिजालले ट्याक्सीमै छाडेको सामान बा २ ज ४०७१ नम्बरको ट्याक्सीका चालक सिग्देलले ट्राफिक प्रहरी महाशाखामा लगेर बुझाएका थिए । ‘आजै अमेरिकाबाट आएको’, उनले भनिन्, ‘लाजिम्पाटमा काम थियो, त्यहाँ पुगेर बाटोमा रहेको ट्याक्सीमा चढेर थापाथलीमा रहेको युरो किड्समा छोरालाइ भेट्न जाँदा झोला ट्याक्सीमै छोडिएछ । प्रहरीले फोन गरेपछि सामान लिए ।’

उनले सामान फीर्ता गर्ने ट्याक्सी चालकलाई एउटा सिक्री उपहार दिएकी छिन् ।