खुसीको खबर सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोराना नभएको पुष्टि
काठमाडौँ- सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल संक्रम भए पनि कोरोना भाइरसको संक्रमणको संभावना नरहेको पाइएको छ ।
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले आफु हिजो बाट अध्यनमा लागेको र त्यहाँ चिनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताउनुभयो ।
उहाँका अनुसार आफूहरुले सो गाउँको टा«भाल हिस्ट्री बारे बुझन लगाएको र निरन्तर अध्ययनमानै रहेको बताउनुभयो ।
सो क्षेत्रमा हाल देखा परेको भाइरल संक्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्टहरु परिचालन गरी उपचार शुरु गरिएको छ । बिरामि मध्ये केहीलाई निको समेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाँईले बताउनुभयो ।
साथै त्यहाँको भाइरल संक्रमणबारे जाँच गर्न आफूहरुले टेकु स्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यस तर्फ पठाउने जानकारी गराएको बताउनुभयो
यसैबीच सो स्थान गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घण्टा पैदल दुरीमा रहेको छ । अहिले जलविरेबाट चिकित्सकको टोली लिएर गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ त्यहाँ पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुुभयो ।
गाउँमा १ सय ५० जनामा रुघाखोकी र ज्वरो देखिएको र १० जनाको उपचार भएको छ भने एक जनाको अबस्था गम्भीर रहेको अध्यक्ष श्रेष्ठले जनाकारी दिनुभयो ।
गाउँमा भाइरल संक्रम भए पछि कोरोना भाइरसको लक्ष्यणसँग मिल्दो जुल्दो भएको भन्दै जुगल गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार समेत गरको छ । सो स्थानमा विगत तीन दिन देखि विरामीको संख्या बढेको हो ।
गुम्बा पुग्नुभएको छ । दुईजना स्वास्थ्यकर्मीसहित आवस्यक औषधी, मास्क र पञ्जा लिएर गुम्बा पुगिएको उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।
विश्वमा फैलिरहेको नोबेल कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो लक्षणका बिरामी देखापरेको उल्लेख गर्दै जुगल गाउँपालिकाले सो को परीक्षण, पहिचान र उपचारका लागि सघाउन मंगलबार स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा पत्र पठाएको थियोे ।
मंगलबार नै गाउँपालिकाभित्र उपलब्ध स्वास्थ्यकर्मी खटाई उनीहरुको प्राथमीक उपचारमा खटेको जुगल गाउँपालिकाले बुधबार बिहानै मेडिकल अफिसरसहितको टोली गुम्बागाउँमा लिएर गएको छ । बुधबार बिहानसम्म २ सय १ जनाले बिरामी परेको भन्दै नाम दर्ता गराएका छन् ।
उनीहरुमध्ये १ सय ५० जनामा रुघाखोकी र अत्याधिक ज्वरो देखिएको मेडिकल अफिसरसहित गुम्बा पुग्नुभएका जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।