आज दिउँसो उपत्यकाको तापक्रम कति ?

बिहिबार, १ फाल्गुन २०७६

काठमाडौं – आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम २३ डिग्री सेल्सियस पुग्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहानीपख उपत्यकाको तापक्रम हिजो बुधबारको तुलनामा आज बढेको छ । हिजो विहान ३ दशमलव ५ डिग्री मापन गरिएकोमा आज ६ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

तापक्रम बढेसँगै काठमाडौंबासीले न्यानो महशुस गरेका छन् । आज देशभरको मौसम सफा रहने र हिमाली तथा पहाडी भेगमा सामान्य बदली हुने महाशाखाले जानकारी दिएको छ ।