प्रेरक प्रसंग : क्षमा दिनुनै जित हो

बिहिबार, १ फाल्गुन २०७६

काठमाडौं – कुनै गाउँमा रामनाथ नाम गरेका एकजना साधु ब्राहमण बस्थे । उनको परिवार नै एकदमै सदाचारीहरुको परिवार भनेर चिनिन्थ्यो । उनीहरु धनी पनि थिए, तर उनका छिमेकी दुष्ट थिए ।

छिमेकी जसरी पनी रामनाथलाई क्षति पु¥याउन चाहन्थे । कहिलेकाहीँ त उनीहरु रामनाथलाई क्षति पु¥याउँथे नै । बिचरा रामनाथको अवस्था त्यस्तै थियो । जस्तो विभिषणले हनुमानसँग भनेका थिए,

‘सुनहु पवनसुत रहनि हमारी ।
जिमि दशानन विच जीभ विचारी ।।’

यसरी नै रामनाथ बस्थे र छिमेकी दुष्टहरु उनलाई सधै कटुवचनले गाली गथे । जब उनीहरु गाली गर्थे, रामनाथ उतरमा भन्ने गथे– ‘तपाई गाली गर्ने गालीवन्त हुनुहुन्छ । मान्छेहरु अनन्त, बलवन्त हुन्छन, तर तपाई गालीवन्त हुनुह्न्छ । तर मसँग त गालीको कमी छ, म के दिउँ । जो आफूसँग हुन्छ, त्यही न अरुलाई दिन सकिन्छ, नभएकोे चीज त दिन सकिँदैन नि ।’

गाउँलेहरुले अनेक गरेर रामनाथको घरमा चोरी पनि गरे । तर तपाईलाई थाहा छ, क्षमारहित मान्छे, पानी भरिएको कचौरा समान हुन्छ । केही प¥यो कि पानी पोखिने । तर क्षमावान् व्यति समुन्द्र जस्तो हुन्छ, जे आए पनि आफूमा समाहित गरिदिन्छ ।

रामनाथ पनि समुदजस्ता, उनले कसैलाई केही भनेनन, माफ गरिरहे । अन्ततः छिमेकीहरुकै दशा बिग्रीयो । उनीहरु असाध्यै गारिब हुँदै गए । सबै अन्नको गेडागेडाका लागि भौतारिन पर्ने भयो । रामनाथलाई दया लाग्यो र यो कथामा महात्माले भने जस्तै भने, ‘एकपटक एउटा तलाउको किनारमा बसेका महात्माले तलाउमा बिच्छी देखेर निकाल्न गए । उनी त्यसलाई हातले समातेर निकाल्न खोज्थे, तर बिच्छी आपनो स्ववभाव अनुसार महात्मालाई डस्थ्यो र पानीमा नै खस्थ्यो ।’

यो सबै हेरिरहेका अर्का महात्माले भने–‘महातमा । यसलाई जान दिनोस्, यो दुष्ट जीवलाई ।’ उतरमा ती महात्माले भने–‘उसले आपनो स्वभाव देखाउँछ, त्यतिमै मैले मेरो काम किन छोडने ।’ रामनाथले धन, अन्न सबै चीजले छिमेकीहरुलाई सहयोग गरे । उनीहरुलाई काममा पनि लगाइदिए । तर ती दुष्टहरुले आपनो दुष्टयार्इँ छोडेनन् ।

एकदिन रामनाथको बाह्र वर्षिय छोरो खेल्दा–खेल्दै वनमा पुग्यो । छिमेकीहरुले थाहा पाएर गएर उसको सबै गहनाहरु लुटिदिए । यो सबै रामनाथले थाहा पाए । रामनाथलाई थाहा भएको थाहा पाएर छिमेकीहरु रामनाथको चरण परे र भने– ‘अबबाट यस्तो गल्ती कहिल्यै दोहोरिने छैन, क्षमा पाऊँ ।’ क्षमावान् रामनाथले सबैलाई दयापुर्वक माफ गरिदिए ।