कालिकोटका जनताले यसरी मनाए २५ औं जनयुद्ध दिवस (फोटो फिचर)
कालिकोट – कालिकोटका जनताले २५ औं जनयुद्ध भब्यताका साथ मनाएका छन् । जिल्लाको लालु, माल्कोट, रुप्सा, मेहेलमुडी, मुम्रा, सिप्खाना, बदालकोट, खिन, भर्ता, चिलखाया र छाप्रेमा २५ औं जनयुद्ध दिवस भव्यताका साथ मनाइएको हो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी २५ औं जनयुद्द दिबसका अवसरमा आयोजित कार्यक्रमको संयोजन गरेको थियो । कार्यक्रममा पार्टीले विभिन्न रचनात्मक कार्यक्रमसहित जनतामा आशाको दियो बाल्दै भब्यरुपमा सम्पन्न गरेको छ ।
विभिन्न ठाउँमा आयोजित जनसभाहरुलाई सम्बोधन गर्दै नेताहरुले प्रचण्डले जनयुद्द लडाएर बिचैमा धोका दिएको भन्दै आक्रो पोखेका थिए । नेकपाका जिल्ला सेक्रेटरी रणदिपले जनयुद्दमा धोका दिएकै कारण प्रचण्ड बाबुराम, ‘काँ छिया मामाका भैसा, का हाल्यो खरक’ भएको ठोकुवा गरेका छन् ।
रणदिपले यही पापका कारण प्रचण्ड र बाबुराम पलायन भएको र पार्टी र चुनावचिन्ह समेत वेचेर खाएको आरोप लगाएका छन् । विशाल जनसभालाई संबोधन गर्दै उनले माओबादी खेमाका सबै पार्टीहरु एक ठाउँमा आएर पूर्ण मुक्ति आन्दोलन चलाउनुपर्ने बताए । उनले भने, ‘ईमान्दार माओबादी कमरेडहरुलाई दलालहरुका बिरुद्द बिद्रोह गर्नसमेत अपिल गर्दछु ।’
उक्त कार्यक्रममा कलाकारहरुको बेजोर्ड प्रस्तुतीसँगै शहिद तथा वेपत्ता परिवारलाई सम्झिदै शुभकामना आदानपर्दान गरिएको थियो ।







