आजबाट देशैभर प्रेमकथामा आधारित फिल्म ‘लभ डायरिज’ प्रर्दशनमा

शुक्रबार, २ फाल्गुन २०७६

काठमाडौं– आजबाट देशैभर प्रेमकथामा आधारित फिल्म ‘लभ डायरिज’ प्रर्दशन भएको छ ।

फिल्ममा सुशील र लगायत विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मको निर्देशन सौरभ चौधरीले गरेका हुन् भने कथा, पटकथा मधु बास्तोलाले गरेका हुन् ।

संजय लामाको छायाँकंन रहेको सिनेमामा मिलन श्रेष्ठ र दीर्घ खड्काले सम्पादन रहेको छ बने संगीत अर्जुन पोखरेलको छ ।

यसैगरी विदेशी सिनेमातर्फ सारा अलि खान तथा कार्तिक आर्यन स्टारर ‘लभ आज कल’ रिलिज भएको छ ।