दम्पत्तिद्वारा दुई बच्चाको हत्या
काठमाडौं–दुई बच्चाको हत्या गरेर एक दम्पत्तिले आत्महत्या गरेका छन् । भारतको वाराणसी, आदिमपुरस्थित मुकिमगञ्जमा बस्ने चेतन तुलस्यान र उनकी पत्नी ऋतुले आफ्ना दुबै सन्तानको हत्या गरेर आत्महत्या गरेको एसएसपी प्रभाकर चौधरीले जानकारी दिए ।
उनका अनुसार घरको एउटा कोठामा दुई बच्चाको शव भेटिए भने अर्को कोठामा दम्पत्ति झुन्डिरहेको अवस्थामा भेटिएको थियो । गरिबीका कारण आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । स्थानीयहरुका अनुसार चेतन डिप्रेसनका सिकार पनि थिए ।
चेतन पंखा बनाउने काम गर्थे । आत्महत्या गर्नुअघि चेतनले हेल्पलाइनमा सूचनासमेत दिएको बताइएको छ । चेतनको घरमा प्रहरी पुग्दा भने उनीहरु मृतावस्थामा भेटिएका थिए ।
प्रहरीका अनुसार दम्पत्तिले बच्चाको खानेकुरामा निदको औषधि मिसाएका थिए । पछि दुबैको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस्