भ्यालेन्टाइडेमा सत्यराजको ‘सारा फूल’ सार्वजनिक

शुक्रबार, २ फाल्गुन २०७६

काठमाडौं – सत्यराज आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर आज सार्वजनिक गरिएको ‘सारा फूल बोलको गीतमा सत्यराजको स्वर छ ।
डा प्रदीप कुमार मैनालीको शब्द रचना रहेको गीतमा संगीत किरण श्रेष्ठले भरेका छन् ।

गीतको म्युजिक भिडियोमा लक्ष्मी बर्देवा र पदम लोहोर फिचर्ड छन् ।
बुद्ध थापाले खिचेको भिडियो सम्पादन विक्रम धमलाले गरेका छन् भने निर्देशन लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका छन् ।