आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

शनिबार, ३ फाल्गुन २०७६

काठमाडौँ -प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। शनिबार ११ बजे बस्ने बैठकमा ओली सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए।
शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भए पनि कांग्रेसबाट राष्ट्रियसभा निर्वाचित भएका दुर्गा प्रसाद उपाध्ययको निधन भएपछि सम्बोधन स्थगित गरेर आज राखिएको हो। उपाध्याय क्यान्सर रोगबाट पीडित थिए।