कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या १६ सय पुग्यो

शनिबार, ३ फाल्गुन २०७६

काठमाडौँ- विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या झण्डै ६७ हजार पुगेको छ ।
चिनियाँ स्वास्थ्य आयोगका अनुसार शुक्रबार मध्य रातीसम्म चीनभित्र ६६,४९४ मा कोरोनाभाइरस भेटिएको छ । त्यस्तै चीनबाहिर विश्वभर संक्रमित हुनेको संख्या ५०५ भन्दा बढी छ ।
शुक्रबार दिनभर चीनमा मात्र २६४१ नयाँ संक्रमित भेटिएका छन् ।तीमध्ये २४३० नयाँ संक्रमित कोरोनाभाइरस प्रकोपको केन्द्र हुबेईका थिए शुक्रबारसम्मको नयाँ संक्रमित जोडेर हुबेई प्रान्तमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ५४ हजार ४०६ पुगेको छ ।शुक्रबार मध्य–रातीसम्म कोरोनाभाइरस संक्रमितको संख्या चीनभित्र २६४१ देखिएको छ । उता कोरोनाभाइरसकै कारण मर्नेको संख्या विश्वभर १५२६ पुगेको छ जसमध्ये १५२४ चीनका ९एक जना हङकङ स्वशासित क्षेत्रसमेत० र बाँकी दुई जना अन्य देशका हुन् ।
उता उपचारबाट सन्चो भएर घर फर्कनेको संख्या पनि बढेको छ ।चीनको स्वास्थ्य निकायले बताए अनुसार शुक्रबारमात्रै १३७३ विरामी घर फर्किएका छन् । योसगै उपचार भएर घर फर्कने कोरोनाभाइरस संक्रमितको संख्या ८०९६ पुगेको छ ।
उता हुबेईभन्दा बाहिर चीनकै अन्य प्रान्त नयाँ संक्रमित देखिने दरमा कमी आइरहेको छ ।