प्रधानमन्त्री ओलीको वेबसाइटमा हेर्ने नसकिने अश्लिल सामग्री भेटियो

शनिबार, ३ फाल्गुन २०७६

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको निजी वेबसाइटमा अश्लिल सामग्री भेटिएको छ ।
उहाँको बेवसाइट www.kpsharmaoli.com लगइन गर्दा अश्लिल सामग्री भेटिएको हो ।चिनियाँ जस्तो लाग्ने भाषामा लेखिएका अक्षरहरु तथा विभिन्न लिंकमा क्लिक गर्दा विभिन्न पोर्न साइटहरु खुलेको देखिएको छ । प्रधानमन्त्रीको वेबसाइट के कसरी यस्तो अवस्थामा पुग्यो कतैबाट कुनै प्रतिक्रिया आएको छैन ।

वेबसाइटको मिति सकिएर रिन्यु नगर्दा अरु कसैले किनेर चलाएको र प्रधानमन्त्री ओलीको बदनाम गर्न यस्तो गरिएको हुनसक्ने अनुमान गरिएको छ ।